चारपटकको विश्वविजेता इटाली विश्वकप फुटबलमा छनोट हुन असफलमा झरेकाे आँशु (फोटोफिचर)


२८ कार्तिक २०७४, मंगलवार
465054AF00000578 5078717 image a 37 1510614167499

काठमाडौं: चारपटकको विश्वविजेता इटाली विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । घरेलु मैदानमा स्वीडेनसँग भएको अन्तिम प्लेअफ म्याचमा गोलरहित बराबरीमा रोकिएपछि इटाली विश्वकपबाट बाहिरिएको हो ।465054AF00000578 5078717 image a 37 1510614167499

पहिलो प्लेअफमा १–०ले विजयी भएको स्वीडेन समग्रमा १–० गोलले विजयी हुँदै आगामी वर्ष रसियामा हुने विश्वकपका लागि टिकट पक्का गर्यो । उता, इटाली भने ६० वर्षपछि पहिलोपटक विश्वकप प्रतियोगितामा पुग्नबाट बञ्चित भयो ।

१९५८ मा स्वीडेनले आयोजना गरेको विश्वकप खेल्न असफल भएको इटाली त्यसयता निरन्तर विश्वकप प्रतियोगितामा छनोट हुँदै आएको थियो । पूर्वविजेता इटाली विश्वकप प्रतियोगितामा पुग्न असफल भएपछि फुटबल प्रशंसकहरूले खल्लो महसुस गरेका छन् ।2919972 big lnd
घरेलु मैदानमा अधिकांश समय बलमाथि नियन्त्रण कायम राखे पनि गोल गर्न नसक्दा इटालीले यो नजिता सामना गर्नुपरेको हो । खेलमा इटालीले बलमाथि ७० प्रतिशतभन्दा बढी नियन्त्रण कायम राखेको थियो ।

2919973 big lnd2919971 big lnd2919954 big lndयो । 2919964 full prtसन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो । समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन १२ औं पल्ट विश्वकपमा छानिएको हो ।2919969 big lnd2919959 big lnd 2919961 big lnd2919956 big lnd2919962 big lnd465054AF00000578 5078717 image a 37 151061416749946505BA900000578 5078717 image a 39 1510614202101

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७