उपराष्ट्रपति पुन चीनको छेन्दूमा, आजै उच्चस्तरीय भेटघाट


३ आश्विन २०७५, बुधबार
1

काठमाडौं, ३ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु पुगेका छन् ।

1
उपराष्ट्रपति पुनलाई छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै सिचुवान प्रान्त सरकारका उपसचिव यान वि पिङ ।

सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका उपराष्ट्रपति पुनलाई सिचुवान प्रान्त जनसरकारका उपसचिव यान वि पिङले स्वागत गरेका थिए ।

उपराष्ट्रपतिसँग बुधबार साँझ नै चीनका उपप्रधानमन्त्री हु छुनह्वाले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै आज नै उपराष्ट्रपति पुन र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) सिचुवान प्रान्त र सिचुवान प्रान्तीय जनसरकारको तर्फबाट आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

IMG 3331

उपराष्ट्रपति पुन छेन्दुमा बिहीबारबाट शुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर चीन पुगेका हुन् । उनले बिहीबार विहान ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोह र अपरान्ह बेल्ट एण्ड रोडसम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

उपराष्ट्रपतिको भ्रमण टोलीमा उनकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, उपराष्ट्रपतिका विज्ञ जीवन आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल, उपराष्ट्रपतिका स्वकीय सहसचिव तुल्सी डाँगी, प्रेस संयोजक मनोज घर्तीमगर, पाश्वबर्ती प्रमुख सेनानी अरुण् कुमार केसी छन् ।

IMG 3330

यसैगरी परराष्ट्र मन्त्रालयका नायव शिष्टाचार महापाल रामबाबु ढकाल, नेपाली सेनाका सेनानी प्रयोजन श्रेष्ठ, परराष्ट्र मन्त्रालयकी शिष्टाचार अधिकृत इन्दिरा गोहिवार उपराष्ट्रपतिको भ्रमण टोलीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७