शेयर बजार सामान्य अंकले सुधार, कसले कति कमाए ?


७ आश्विन २०७५, आईतवार
nepal stock

काठमाडौं, ७ असोज । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ ।

nepal stock

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ विन्दुले बढेर २६६.९१ विन्दुमा पुगेको छ । सामान्य अंकले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ ।

कूल १६७ कम्पनीको ५५ लाख ४९ हजार ६२१ कित्ता शेयर रु ६९ करोड ३६ लाख ६१ हजार २५६ मूल्यमा कारोवार भएको छ । पाँच उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने वृद्धि भएको छ ।

बैंकिङ ८.८४, व्यापार ९.७१, होटल ७.४४, विकास बैंक १.४३, जलविद्युत् ६.३९ र वित्त क्षेत्र २.४३ बिन्दुले बढेको छ । यस्तै निर्जीवन बीमा ६२.६३, उत्पादन २.३३, अन्य ८.९९, माइक्रोफाइनान्स ८.९२ र जीवन बीमा २३.४७ विन्दुले घटेको छ ।

स्टकका अनुसार आज साल्ट टे«डिङ कर्पोरेशन र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७