पोर्न भिडियो यसकारण बन्द गर्नुपर्छ


९ आश्विन २०७५, मंगलवार
porn

निश्चल वाग्ले
कठमाडौं, ९ असोज । नेपाल सरकारले इन्टरनेटको मध्यमबाट यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य–मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा बलात्कार, यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको भन्दै बन्द गर्ने निर्णय गरेसँगै सामाजिक संजालहरुमा यो बिषय भाइरल बनिरहेको छ ।

सामाजिक संजाल प्रयोगकर्ता धेरैले यो कदमको बिरोध गरे भने तुलनात्मक रुपमा कम संख्यामा मात्र यसको समर्थनमा रहेको देखियो । यो लेख अश्लील सामग्री (पोर्न) किन बन्देज गर्नुपर्छ भन्नेमा आधारित रहेको छ ।

porn


अपराध संहिताको नजरमा पोर्न

मुलुकी अपराध (संहिता) ऐनले बेश्यागमनको प्रचार गर्न नहुने भनी दफा ११९ मा स्पष्ट व्यवस्था गरेको छ । त्यस्तै दफा १२१ मा अश्लिल किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने भनी व्यस्था गरेको छ । यौनजन्य अश्लिल सामग्री र चलचित्र लगायत विद्युतीय संचार माध्यमबाट प्रचार प्रसार गर्न बन्देज गरेको छ । त्यस्तै दफा १२३ मा सार्बजनिक स्थानमा वा अरु मानिसले देख्नेगरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन भनी व्यवस्था गरेको छ ।

फौजदारी संहिताले पोर्नलाई अपराधको रुपमा चित्रण गरेको छ र सरकारले यसलाई बन्देज गर्न चालेको कदम स्वागतयोग्य छ ।

पोर्न बेश्यावृत्ति हो
आर्थिक लाभको निम्ति अन्य कुनै पुरुष वा महिलासँग यौन सम्बन्ध राख्नु वा कुनै यौनसेवा प्रदान गर्नुलाई बेश्यावृत्ति वा देहव्यापार भनिन्छ । बेश्यावृत्ति यौन व्यापारको एक अंश हो र पोर्न पनि एक प्रकारको वेस्यावृत्ति हो । नेपालले देहव्यापारलाई अपराध मानेको छ भने पोर्न कसरी बैधानिक हुन सक्छ ? यो धेरै अगाडि नै बन्देज गरिनुपर्ने थियो ।

पोर्न हाम्रो सामाजिक चालचलनको बिरुद्धमा हो
हाम्रो समाज आजसम्म पनि खुल्ला यौनको पक्षमा छैन । अहिलेको सामाजिक चालचलनको अनुसार हेर्दा यौन बिशुद्ध निजी जीवनको कुरा हो जुन प्रकाशमा आउनु हुँदैन र दुई पार्टनरको बीचमा मात्र सीमित रहन्छ । सामाजिक प्रतिष्ठा, सामाजिक मूल्य मन्यता र सामाजिक सदभावमा पोर्नले धेरै नै नराम्रो असर गर्ने हुँदा यो बन्देज हुनु पनि सामाजिक दृष्टिकोणबाट हेर्दा जायज देखिन्छ ।

पोर्नले यौनको ज्ञान भन्दा धेरै शोषणतर्फ प्रेरित गर्ने
पोर्न यौनशिक्षा र ज्ञानको लागि हेर्न सकिन्छ भन्नेमा कसैको तर्क हुन्छ होला तर हामी पोर्नलाई हेर्दा यसले यौनको ज्ञान भन्दा धेरै शोषणतर्फ प्रेरित गरेको भाव सजिलै देख्न सक्छौं । अप्राकृतिक मैथुन र चरण शोषण यसमा देख्न सकिन्छ र यसलाई हेर्नेहरुमा पनि त्यही अनुसारको भाव सिर्जना हुँदै गएर बलात्कार र यौनशोषणतर्फ अघि बढ्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।

मोबाइल र प्रबिधिको पहुचसँगै पोर्नले बालबच्चामाथि पारेको मानसिक र मनोबैज्ञानिक प्रभाव
नेपालको कानुन अनुसार १८ बर्षभन्दा कमको महिलासँग सहमतिमा भएको यौनसम्बन्ध पनि बलात्कार हो । पोर्नमा धेरै साना बालबालिकाको पनि प्रयोग गरेको देखाइन्छ जसले गर्दा यौनप्रतिको चाहना त्यो उमेर समूहमाथि हावी भए बलात्कारलाई बढावा दिने निश्चित देखिन्छ ।

अहिले हाम्रो समाजले खुल्ला यौनलाई अपनाइनसके पनि हिजोको दिनको तुलनामा आज यौनमा समाज थोरै भए पनि लचक बन्दै गएको छ । यौन विवाहको उपलब्धि नभई बाइलोजिकल निडको रुपमा हेर्न सुरु गरिएको छ । र, विवाहअघि पनि सम्बन्ध कायम हुनुलाई सहज मानिएको छ ।

पोर्नको सहज पहुचसँगै अहिलेका ‘टिनयेजर्स’ मा पनि आफ्नो यौनको दृश्य भिडियो सुट गर्ने र पछि ब्रेकअपपछि वा अन्य कुनै कारणले इन्टरनेटमा उपलोड भएर भाइरल भएर त्यसबाट सिर्जित असहज अवस्थासँग लड्न नसकी आत्महत्या गरेको धेरै घटना पनि सार्बजनिक भइसकेका छन् त्यसैले यस्ता साइट र भिडियो बन्द हुनुपर्छ ।

पोर्न भिडियोमा महिलाको प्रयोग आफूखुसी वा करकापमा ?
हामी बलात्कार र चेलीबेटी बेचबिखनको बिरुद्ध चर्का नारा लगाउँछौं तर पोर्नमा देखिएकी नारी आफूखुसी त्यो भिडियो गर्दैछन् वा कसैको करकापमा वा भिडियो बन्दैछ भन्ने बिना जानकारी, सहमति बेगर त्यहाँ प्रयोग भएको भन्ने सोच्दैनौ र आफ्नो यौन उत्तेजना बढाउनको लागि त्यस्ता नारी हाम्रा मनोरन्जनका साधन बन्न पुग्छन् ! सहमतिमा त्यस्तो भिडियो सुट भएको हो भने त्यो बेश्यावृत्ति हो, नेपालको कानुनले त्यसलाई बन्देज गरेको छ । बिना सहमतिमा भए त्यो बलात्कार हो । कोही बलात्कृत हुँदै गरेको भिडियो हेरेर मान्छे कसरी खुसी बन्न सक्ला ?

भिडियो बन्दैछ भन्ने जानकारी नपाई वा भिडियो बनाउन सहमति नदिई आफ्नै पार्टनरसँग सुट भएको त्यस्ता भिडियो पनि जब इन्टरनेटमा आउँछ तब उसलाई बेश्याको रुपमा चित्रण गरिन्छ र बिभिन्न काण्डको नाम दिएर सामाजिक संजालमा भाइरल बन्छ र त्यँहाको पात्रलाई यो परिस्थितिसँग लड्न हौसला हैन गाली र अनेक अपमा र बेइज्जतीसहित धेरै नै कठिन पारिन्छ त्यसैले पोर्न बन्द हुनुपर्छ ।

पोर्न एक प्रकारको साइबर अपराध
नेपालमा पोर्न साइटमा सहज पहुचसँगै यसमा नेपाली भिडियोहरु अपलोड हुन पनि सुरु भए, सहमतिसहित वा सहमति बेगर यसरी अपलोड भएर बिभिन्न काण्डको रुपमा सामाजिक संजालमा भाइरल हुने यौनजन्य भिडियोहरुले साइबर क्राइम जन्माउँदैछन् त्यसैले यसको पूर्ण नियन्त्रण र बन्देज हुनु जायज हो ।

पोर्न साइटबाट भाइरस आतंक र कम्प्युटर ह्याक हुने डर
पोर्न साइटबाट धेरै हानिकारक कुकिजहरु सहित फोन वा कम्प्युटरमा भाइरस छिर्ने र आतंक मच्चिने डर हुन्छ ।

भाइरस अट्याकको निम्ति सबै भन्दा धेरै प्रयोग हुने साइटहरुमध्य पोर्न साइटहरु नै प्रमुख हुन् र यसले कम्प्युटर ह्याक हुने र बिभिन्न प्रयोग गरेका फेसबुक जिमेल लगायत आइडीहरु पनि ह्याक भएर सम्पूर्ण साथीहरुलाई यौनजन्य बस्तु सेयर हुने र त्यो खोल्नासाथ अर्को साथीहरुमा पनि त्यसरी नै जाने समस्या लगायत पनि आउन सक्छन् । अन्त्यमा पोर्न भिडियोहरुले बलात्कार र महिला हिंसालाई बढुवा दिन्छ ।

कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरे त्यो बलात्कार हो । नेपालले बैबाहिक बलात्कारलाई समेत कारबाहीको दायरामा ल्याएको छ । १८ बर्ष भन्दा कम उमेरका महिलासँग सहमतिमै भएको यौनसम्बन्ध भए पनि त्यसलाई बलात्कार मानेको छ र पोर्न भिडियोहरुले अप्राकृतिक मैथुनतर्फ प्रेरित गरी महिला हिंसालाई पनि बढावा दिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७