पुनर्निर्माणमा थप सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धता


१५ आश्विन २०७५, सोमबार
purna nirmad 2 1

काठमाडौं, १५ असोज । अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनर्निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

purna nirmad 2 1

संयुक्त राष्ट्रसंघ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसंघ भवनमा आयोजित पुनर्निर्माणसम्बन्धी कार्यक्रममा भाग लिएर स्वदेश फकिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

चुनौती र जटिलताबीच पुनर्निर्माण र पुनस्र्थापनाका पक्षमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरी निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले जानकारी दिए । संयुक्त राष्ट्रसंघ, युरोपेली महासंघ र विश्व बैङ्कद्वारा संयुक्त रुमपा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माण तथा पुनस्र्थापनाको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरे ।

संविधानको व्यवस्थाअनुसार सम्भव भएसम्म स्थानीय तहबाटै पुनर्निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको कार्यक्रममा उनले जानकारी गराएका थिए । पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न थप करीब ६ छ खर्ब लाग्ने जनाइएको छ ।

आर्थिक स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य सहयोग जुटाइने प्राधिकरणले जनाएको छ । विपद् पश्चातको पुनर्निर्माण आकस्मिक हुने भएकाले तत्काल वित्तीय स्रोत परिचालन गर्न विपद् व्यवस्थापन कोष स्थापना गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइयो । कोषको रकम खर्च गर्न सहज र सरल प्रावधान राख्नुपर्ने सहभागीको धारणा थियो ।

कार्यक्रममा डोमिनिका र नाइजेरियाका मन्त्री, युरोपेली महासंघ, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूनएनडिपी) का विज्ञलगायतले विपद्पछिको पुनर्निर्माण, पुनस्र्थापना, साझेदारी, अर्थतन्त्रलगायतबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७