अमेरिकाले भिसा नदिएपछि उपप्रधानमन्त्री यादव राष्ट्रसंघको कार्यक्रममा भाग लिन पाएनन्


१६ आश्विन २०७५, मंगलवार
upendra yadav

काठमाडौं, १६ असोज । नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई अमेरिकाले भिसा नै नदिएपछि संयुक्त राष्ट्रसंघको कार्यक्रममा उनले भाग लिन पाएनन् ।

upendra yadav

सन् २०१८ सेप्टेम्बर २६ र २७ मा संयुक्त राष्ट्रसंघमा क्षयरोग र नसर्ने रोगहरुको बारेमा भाग लिन मन्त्री यादवलाई बोलाइएको थियो । विश्व स्वास्थ्य संगठनको उक्त कार्यक्रममा उनलाई २ वटा सेसनमा वक्ताका रुपमा राखिएको थियो । उक्त कार्यक्रममा भाग लिनका लागि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, उनका छोरा दिपेश यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औं तहका डा. सुशील प्याकुरेल समेत जाने तय भएको थियो । तर उपप्रधानमन्त्री यादव र उनका छोरा दिपेशलाई भिसा नै नदिएपछि डा. प्याकुरेलमात्र सेप्टेम्बर २४ मा गएर कार्यक्रममा सहभागी भई २९ तारिखमा फर्किएका थिए ।

उपप्रधानमन्त्री यादवले अमेरिकी सरकारले भिसा नदिएको कुरा स्वीकार गरेका छन् । उनले भने–‘नेपाल सरकारले अमेरिका सरकारलाई भिसा देऊ भनेर लेखेको हो । यूएनमा भाग लिने हो । वक्ताका रुपमा यूएनले राख्यो । मैले दुई वटा सेसनमा बोल्नुपर्ने कार्यतालिका राखिएको थियो । तर भिसा दिइएन । भिसा नदिइएका कारण त्यो कार्यक्रम रद्द गर्नुप¥यो ।’
अमेरिकी सरकारले भिसा नदिने भएपछि उपप्रधानमन्त्री यादवले परराष्ट्र मन्त्रालयमार्फत् पुनः एकपटक प्रयास गरे । तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीदेखि सचिव शंकरदास बैरागी र बरिष्ठ सहसचिव भरतराज पौडेल पनि अमेरिकामा गएका कारण भिसानोट लेख्न निमित्त सचिवले आँट गर्नसकेनन् ।
सेप्टेम्बर २६ मा क्षयरोग र २७ मा नसर्ने रोगहरुका बारेमा कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७