नेकपाको कार्यालयमा आगजनी


१ कार्तिक २०७५, बिहीबार
khoda 1521269004

बर्दिवास, १ कात्तिक । बर्दिवास नगरपालिकास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा गए राति आगजनी गरिएको छ ।

khoda 1521269004

बर्दिबास–९, पशुपतिनगरमा रहेको नेकपा (एमाले) को वडा पार्टी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो ।
ईलाका प्रहरी कार्यालय, बर्दिवासका अनुसार सुरजसिंह कुशवाहाको घरमा रहेको पार्टी कार्यालयमा अज्ञात समुहले पेट्रोल छर्केर आगो छ ।

आगोले पार्टी कार्यालयको एक छेउको बाँसको भाग जलेर नष्ट भएको छ भने घरभित्र रहेकोे ज ४ प ३०४२ नम्बरको स्कुटरको अगाडिको भाग जलेको क्षति बर्दिवासका डिएसपी नकुल पोखरेलले बताए ।

आगजनीमा करिब ५० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७