कमेडी गेटअपमा ‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘मुसु मुसु हासेर‘ सार्वजनिक


८ कार्तिक २०७५, बिहीबार
cartoon crew मधेशी गेटअपमा ‘कार्टुन्ज क्रु’को नयाँ गीत ‘मुसु मुसु हासेर‘ सार्वजनिक

काठमाडौं, ८ कार्तिक । नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को नयाँ गीत सार्वजनिक गरेको छ । रोमान्टिक कमेडी शैलीको तयार पारिएको ‘मुसु मुसु हासेर‘ बोलको गीत बिहिबार सार्वजनिक गरेको हो ।

कथावस्तुलाई जोड गरेर भिडियो तयार गर्ने कृ टिमले यसपल्ट मधेशी जनजीवनको गेटअपमा भिडियोको कोरियाग्राफी गरेको छ । गीतलाई उनिहरुले निकै नै रोमान्टिक तथा पृथक कमेडी सैलीमा प्रस्तुत गरेका छन ।

यस गीतमा भेस राज गौतमको स्वर रहेको छ । राजेन्द्र बजगाईको शब्द र संगीत रहेको छ ।
गीतको भिडियो सरोज अधिकारीको निर्देशनमा निर्माण भएको यस भिडियोमा सरोज अधिकारीको कोरियोग्राफी रहेको छ । भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छन ।

भिडियोलाई सहाएक निर्देशन भने लाक्पा डि लामाले गरेका छन् ।भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी र साजन चौहानले गज्जबको डान्स र कमेडी गरेका छन् ।

यस गितको यरेन्ज पुषकर सुनुवारले गरेका हुन् । भिडियोलाई सहायक कोरियोग्राफी भने सुबिनले गरेका छन् ।

‘कार्टुन्ज क्रु डान्स स्टुडियोको प्रोडक्सनमा बनेको यस गीतको पोस्ट प्रोडक्सन भने मोक्ष्य प्रोडक्सनले गरेको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो
उनिहरुको डान्समा हरेक पटक केहि नौलोपन देख्न पाईन्छ । छोटो समयमै आफुलाई स्थापित गर्न सफल काटुृन्ज क्रुले गरेका सबैगीत युटूबमा सुपरहिट हुने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७