प्रेमीको म्युजिक भिडियोबाट निर्देशनमा डेब्यु मार्दै ‘अभागी’ नायिका केकी


१२ कार्तिक २०७५, सोमबार
keki aarjan OGCWUHDjCb

काठमाडौं, १२ कात्तिक । सिने नगरीमा केकी अधिकारीलाई केकी अधिकारीलाई अभिनय क्षमता भएको तर, अभागी नायिकाको रुपमा चित्रण गरिने गरेको छ ।

keki aarjan OGCWUHDjCb

उनले अभिनय गरेका अधिकांश चलचित्रमा उनको अभिनय क्षमताले दर्शकको मन जित्ने गरेको छ । तर, दुर्भाग्य उनले अभिनय गरेका अधिकांश चलचित्रले अझैसम्म कमाल गर्न सकिरहेका छैनन् ।
पछिल्लो समय उनले चलचित्र निर्माणमा समेत हात हालिन् ।

उनको निर्माणका कोहलपुर एक्सप्रेस निर्माण भयो । तर कोहल्पुर एक्सप्रेसले पनि कमाल गर्न सकेन । कुनै समय आफू चलचित्र निर्देशक बन्ने बताउँदै आएकी उनले अब निर्देशनमा हात हालेकी छन् ।

त्यो पनि आफ्नी प्रेमी अर्थात गायक आर्जन पाण्डेको सहकार्यमा । उनले प्रेमी पाण्डेको गीतको म्युजिक भिडियो निर्देशन गर्ने भएकी छन् ।

चलचित्र स्वरबाट चलचित्र नगरीमा पाइला टेकेकी नायिका केकी अधिकारी पाण्डेसँग प्रेममा रहेको चर्चा यतिबेला चलचित्र नगरी फेरि चल्न थालेको छ ।

उनी गायक आर्जन पाण्डेसँगको प्रेममा रहेको कुरा बेलाबेला समाचार बनेर आउने गरेको छ । तर, अधिकारिक रुपमा उनीहरुले भने मुख खोलेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७