यस्तो देखियो साम्राज्ञीको ‘हेलोविन’ रुप
काठमाडौं, १५ कात्तिक । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको सुन्दरताको सबैतिर चर्चा हुन्छ । उनले आज ‘हेलोविन’ रुप सार्वजनिक गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा फोटो शेयर गर्दै उनले हेलोविन पर्व मनाएको जानकारी दिएकी गराएकी छन् । इसाइ धर्मावलम्बीहरुको एक प्रमुख चाडका रुपमा परिचित यो चाड पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको छ ।
उनले फेसवुकमा फोटो पोष्ट गर्दै फस्ट टाइम हेलिविन फेस्टिभल सेलिब्रेट गरेको लेखेकी छिन् । उनले आफ्नो फेसबुकमार्फत हेलोविन फेस सार्वजनिक गर्दै सेलिब्रेट गरेको जनाएकी छिन् । उनले मुखाकृतिलाई विभिन्न रुपमा सजाएर खिचिएका ७ तस्बिर सार्वजनिक गरेकी हुन् ।
अक्टोबर महिनाको अन्तिम दिन पश्चिमा मुलुकमा इसाई धर्मावलम्बीले हेलोविन पर्व मनाउने गर्छन् । जसमा फेसन र विचित्र मुहारको विशेष महत्व रहने गर्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्याण्ड, न्युजिल्याण्ड आयरल्याण्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मानिन्छ भने पछिल्लो समय यसलाई धेरै सबै देशमा मनाइने गरिन्छ ।