साहरुख खानको आज जन्म दिन, मुम्बई प्रहरीले बिथोली दियो पार्टी


१८ कार्तिक २०७५, आईतवार
shah rukh fea1 e1541049161685

काठमाडौं, १८ कातिक । बलिउड अभिनेता शाहरुख खान आज शुक्रबारदेखि ५३ औं वर्षमा प्रवेश गरेका छन् ।

shah rukh fea1 e1541049161685

उनले आफ्नो जन्म दिन कार्यक्रम मनाएका छन् । तर, उनले आफ्ना निकट साथी र आफन्तलाई दिएको जन्मदिनको पार्टी भने मुम्बई प्रहरीले विथोली दिएको छ ।

भारतीय मिडियाहरुका अनुसार शाहरुखले शुक्रबार राति भव्य पार्टीको आयोजना गरेका थिए । सो पार्टीमा शाहरुखका परिवार सदस्य, आफन्त र बलिउडका थुप्रै हस्तीहरु उपस्थिति थिए । तर, प्रहरीले रेस्टुरेन्टमा हस्तक्षेप गरेपछि पार्टी बीचमै पार्टी बिथोलिएको छ ।

रेस्टुरेन्टभित्र राति अबेरसम्म ठूलो स्वरमा म्युजिक बजाएको भन्दै प्रहरीले हस्तक्षप गरेको हो । नियमअनुसार राति १ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न पाइन्छ । तर, शाहरुखले रातभर पार्टी गर्ने योजना बनाएका थिए । उनको योजनामा प्रहरी बाधक बनिदियो ।

यसअघि शाहरुखले आफ्नो घरमै पनि पार्टी राखिसकेका थिए । सो पार्टीमा आमिर खान, अर्जुन कपुर, करिना कपुर, सञ्जय लिला भन्साली, कट्रिना कैफ लगायत उपस्थित थिए । जन्मदिनकै अवसर पारेर शाहरुखले आफ्नो नयाँ फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक गरेका छन् । उक्त ट्रेलरले युटुबमा धमाका मच्चाइरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७