दिपावलीमा एनआईसी एशियाले ल्यायो ‘चमत्कारीक बचत खाता’


१९ कार्तिक २०७५, सोमबार
1541415488Nic assia

काठमाडौं, १९ कार्तिक । एनआईसी एशिया बैंकले दिपावलीको अवसरमा ‘चमत्कारीक बचत खाता’ सञ्चालनमा ल्याएको छ । चमत्कारीक सवारी कर्जा र चमत्कारीक घरजग्गा कर्जा लोकप्रिय भए सँगै एनआईसी एशिया बैंकले अर्को योजना ल्याएको हो ।

1541415488Nic assia

एनआईसी एशिया बैंकले नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक बिशेषता भएको ‘चमत्कारीक बचत खाता’ सञ्चालनमा ल्याएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेले बताए ।

पाण्डेका अनुसार बचत खाताका चमत्कारीक विशेषतामा, ७ % वार्षिक ब्याजदर, न्युनतम मौज्दात एक हजार, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी, अनलाइनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने र वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार रहेको छ ।

यसैगरी यस बचत खाता खोलेपछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात एक लाख भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् । यसैगरी यस बचत खाता खोले पछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात २ लाख भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।

यसैगरी यस बचत खाता खोले पछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात १५ लाख भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।

यसैगरी यस बचत खाता खोले पछि ग्राहकहरुले आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात तीस लाख भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नेछन् ।

हाल यस बैंकको २६५ शाखा कार्यालयहरु, २६५ एटिएम छन् भने २९ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४२ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७