अलैंचीमा रोग लागेपछि किसान निराश


१९ कार्तिक २०७५, सोमबार

भोजपुर, कात्तिक १९ । आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन्।

alaichi

गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ ।विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ ।

अलैँचीमा रोग लागेपछि कतिपय कृषकले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने कृषकको माग छ । कृषक चन्द्रबहादुर पाण्डे भन्छन्, “मुख्य बालीका रुपमा अलैँचीको खेती गर्दै आएका छौँ, विभिन्न रोगले खलैँची खेती सङ्कटमा पर्दै गएको छ ।”

उत्पादन भएको अलैँचीले उचित मूल्य नपाउँदा कृषक झन निराश बनेको भोजपुर नगरपालिका– ४ सिद्धेश्वरका महेन्द्रबहादुर राईले बताए। उनले आठ रोपनीमा अलैँची खेती गरेका छन्। “यस वर्ष अलैँचीमा फल नै लागेन । गाना कुहिएर सखाप भयो ।” उनले भने। अलैँची खेतीबाट अधिकांश कृषकले जीवनस्तर उकास्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७