अब विद्यालयमा प्रधानाध्यापकको छुट्टै पद, शिक्षक सेवा आयोगले अलग्गै परीक्षा लिने


१७ पुष २०७५, मंगलवार
teacher

काठमाडौं, १७ पुस । अब विद्यालयका प्रधानाध्यापकहरुको छुट्टै पद हुने भएको छ । प्रधानाध्यापकहरुको छुट्टै पदका लागि शिक्षक सेवा आयोेगले अलग्गै परीक्षा लिने भएको छ ।

teacher

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रधानाध्यापकहरुको छुट्टै पद व्यवस्थापन र सबै प्राज्ञिक स्वायतत्ता दिने प्रस्तावसहित प्रतिवेदन मस्यौदा तयार गरिसकेको छ । प्रधानाध्यापक छनौटका लागि शिक्षक सेवा आयोगले दुई वर्षे शिक्षण अनुभव भएकाहरुबाट नेतृत्व परीक्षणको परीक्षा लिई सिफारिस प्रस्ताव गर्ने मस्यौदा प्रतिवेदन तयार गरिएको जनाइएको छ ।

आयोगले केहि समयअघि गरेको राष्ट्रिय शिक्षा सम्मेलनमा पनि प्रतिवेदनको मस्यौदामा स्थानीय सरकार प्रधानाध्यापकहरुसँग विद्यालय समितिको रोहबरमा निश्चित कार्य सम्पादन सूचकका आधारमा सम्झौता गर्ने र शिक्षकहरुले पनि प्रधानाध्यापकसँग सम्झौता गर्ने उल्लेख गरिएको छ ।

shiksha sewa aayog

आयोगले तयार गरेको मस्यौदा प्रतिवेदनमा विव विद्यालयहरुको कार्यकारी पदहरु क्षमता, दक्षता र योग्यताका आधारमा प्रतिष्पर्धाबाट छनौट गर्ने र शिक्षा, प्रशासनका कर्मचारीहरुमध्येबाट नेतृत्व परीक्षण गरिने कुरा उल्लेख गरिएको छ । शिक्षक वर्गले यसबारे थप जानकारी लिन चाहेमा educationpati.com बाट पनि जानकारी लिन सक्नु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७