रुकुममा मतदान स्थगित
काठमाडौं: रुकुम जिल्लाको बाँफिकोट गाउँपालिकास्थित रत्न माध्यमिक विद्यालय काँडा मतदान केन्द्र ‘क’ मा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मत पेटिकामा जलाएपछि मतदान स्थगित भएको छ ।
विप्लवका कार्यकर्ताले दुईवटा मतपेटिकामा आगजनी गरेपछि मतदान केन्द्रको अवस्था तनावग्रस्त भएको छ । करिब २५० मत खसिसकेको अवस्थामा विप्लवका कार्यकर्ताले दुईवटा मतपत्र जलाइएपछि त्यहाँ मतदान पनि स्थगित भएको छ ।
त्यहाँ प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपेटिका पूर्ण रूपमा जलेको छ । घटनामा संलग्न विप्लवकका तीनजना पक्राउ परेका रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगानाले बताए ।
घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।