नयाँ शक्तिको जिल्ला कमिटी नेकपामा समाहित


२४ माघ २०७५, बिहीबार

जाजरकोट, २४ माघ : नयाँ शक्ति नेपाल पार्टीको जाजरकोट जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा समाहित भएको छ ।

Niraj Acharya

कुशे गाउँपालिकास्तरीय नेकपाका अगुवा कार्यकर्ता भेलामा नयाँ शक्तिको जिल्ला अध्यक्षसहित कमिटी नै समाहित भएको हो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नीरज आचार्यले नयाँ जनशक्तिका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष महेन्द्र शर्मालाई स्वागत गरे । नयाँ शक्तिको ७५ सदस्यीय जिल्ला कमिटी थियो ।

आचार्यका अनुसार केही दिनभित्रै नयाँ शक्तिका कागजात र कार्यालयका सम्पत्ति नेकपालाई हस्तान्तरण गरिनेछ । सोही कार्यक्रममा दलित जनजाति पार्टीका प्रदेशसभाका समानुपतिक उम्मेदवार पवित्रा चदारा, नेपाली काङ्ग्रेसका राजेन्द्र हमाल र हृदयराम जैसी पनि नेकपा प्रवेश गरे।
–––

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७