काठमाडौंमा यस वर्षकै बढी चिसो
काठमाडौं: काठमाडौं उपत्यकामा शनिबार यस बर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । शुक्रबार ६ दशमलव ८ डिग्री कायम भएको उपत्यकाको न्यूनतम तापक्रम शनिबार ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।
भारतको काश्मीर र आसपासबाट मुलुकको पश्चिमी भेग हुँदै भित्रिने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ । श्रीलंकामा गत बिहीबार विकास भएको ओक्ची नामको आँधीको प्रभाव र त्यसको असर भेन अहिले नेपालमा नपरेको मौसमविदले बताएका छन् ।