मुगु जिसस गेटमै शंकास्पद बस्तु फेला, स्थानीयमा फैलियो त्रास
सर्वसाधारणलाई हिंड्डुलमा रोक
मुगु, वैसाख १४ । मुगु जिल्ला समन्वय समितिको गेटमै शंकास्पद वस्तु भेटिएको छ ।
जिल्ला सदरमुकाम गमगढी बजारको मध्य भागमा रहेकोे जिल्ला समन्वय समितिको कार्यालय गेटमै बेरेर राखिएको शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले जानकारी दिएका छन् ।
उक्त बस्तुका कारण बिहानैदेखि सदरमुकाममा त्रास फैलिएको छ । शंकास्पद बस्तु डिस्पोज पार्न सेनाको श्रीदल गुल्मलाई खबर गरिसकेको प्रहरीले जनाएको छ । उक्त स्थानमाप्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएको र सर्वसाधारणलाई हिंड्डुलमा रोक लगाइएको छ ।