‘पृथ्वीनारायणले भूगोलको एकीकरण गरे, हामी राष्ट्रिय एकीकरण गर्छौं’

'कांग्रेस -कम्युनिस्ट पुराना घर हुन्, जति बेला पनि लड्न सक्छन्'


२३ बैशाख २०७६, सोमबार
Dr Babu Ram Bhattarai

काठमाडौं, २३ वैशाख : नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकतापछि समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टीले राष्ट्रिय एकीकरण गर्ने बताएका छन् ।

पृथ्वीनारायण शाहले भूगोलको एकीककरण गरेको उल्लेख गर्दै उनले यो नयाँ पार्टीले राष्ट्रिय एकीकरणको गर्ने बताए ।

सोमबार कमलादीमा आयोजित पार्टी एकता घोषणा सभामा अध्यक्ष भट्टराईले यो अर्को ठुलो छलाङ बताए । भने, ‘फेरि अर्को ठूलो छलाङ हान्दै छौं । यो पार्टीको एकतामात्र होइन राष्ट्रिय एकीकरण हो। हिजो अढाई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले भूगोलको एकीककरण गरे यो पार्टीको एकता, भाषा, धर्म, जाति समुदाय र क्षेत्रलाई संघीय ढाँचामा एकता गर्ने राष्ट्रिय एकीकरणको अभियान हो ।’

अध्यक्ष भट्टराईले राष्ट्रियता बिलयो बनाउन संघीयतालाई पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए । भने ‘अहिले संविधानमा भएका अधिकार पनि केन्द्रिकरण गरेर अधिकार खोसिएको छ। अब प्रदेशलाई संविधान संशोधन गरेर भए पनि अधिकार सम्पन्न बनाउनुपर्छ । प्रदेश सरकार बलियो भनएमा मात्रै राष्ट्रियता बलियो हुन्छ ।’ अध्यक्ष भट्टराईले कांग्रेस र कम्युनिस्ट निम्न लागेको बत्ती भएको बताए । कांग्रेस र कम्युनिस्ट पुराना भएकाले जतिबेला पनि ढल्न सक्ने उनको दाबी छ ।

अध्यक्ष भट्टराईले देशमा अन्दोलनको आँधीबेहरी आउन बताए । भने, ‘अब एकल जातीय राज्यसत्ताले हाम्रा मागबारे सुनेन भने जितसुकै बेला आन्दोलनको आँधीबेहरी अउनसक्छ । हाम्रो माग संविधान संशोधनको हो । एउटा पार्टी सरकारमा छ र अब केहुन्छ भन्ने साथीहरुलाई शंका छ। हामीले सहमति गरिसकेका छौं, जनताको अधिकार छोड्ने वाला छैनौं ।’ सडक, सदन र सरकारलाई आन्दोलनको रूपमा गर्ने उनको भनाई छ ।

‘मधेसी जनतामाथि सधैं विभेद’
अध्यक्ष भट्टराईले एकल जातीय शासकहरूले मधेसी जनतालाई सधैं विभेद गरेको जिकिर गरे । सीमाको रक्षकका रूपमा रहेको समुदाय राज्यसत्ताको विभेदमा परेको भन्दै त्यसका विरुद्ध लड्नुपर्ने बताए ।

भने, ‘मधेसी जनता बर्दीविनाको सिपाही हुन् । तर उनीहरू सधैं राज्यसत्ताको विभेदमा परे। त्यसका विरुद्ध लड्न अब एक हुनुपर्छ । ‘अब मधेसको मात्रै हैन देशको रक्षा तपाईंहरूले गर्नुपर्छ। विचल्लित हुने अवस्था छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७