कीर्तिमानी कामीरिता २४ औं पटक सर्वोच्च शिखरमा, थपियो नयाँ ‘रेकर्ड’


७ जेष्ठ २०७६, मंगलवार
kamirita 1 1652018091848

काठमाडौं, ७ जेठ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर पुनः आफ्नै रेकर्ड तोडेका छन् ।

मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औं पटक सरमाथाको सफल आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।

उनको आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान राखेका हुन् । आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन् ।

यसअघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उनकै नाममा थियो । सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ । उनले एक साताअघि मात्र सगरमाथाको २३ औं आरोहण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७