मोडल खुश्बु ओली चेक बाउन्समा दोषी ठहर, ३ महिना कैद
काठमाडौं, ७ जेठ । जिल्ला अदालत, काठमाडौंले मोडल तथा समाजसेवी खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।
न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर गरेको छ ।
ओलीले ३ जनवरी २०१७ मा काटेको ३६ लाख रुपैयाँको कुमारी बैंकको चेक बाउन्स भएको थियो । बाउन्स भएपछि सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।