बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो
ओखलढुङ्गा, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुङ्गा सदरमुकाममा हतारमा गरिएको पिच केही घण्टामै भत्किएको छ ।
सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो ।
सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरव टोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ ।
गणेश मन्दिर नजिक खाल्डा पुरेर पिच गरिएको मुसलधारे पानीले पुरै बगाएको छ । नयाँ पत्रिका दैनिकबाट