‘कप्स’ को अफिसियल पोस्टर रिलिज


९ जेष्ठ २०७६, बिहीबार
kaps

काठमाडौं, ९ जेठ । अनुपबिक्रम शाही स्टार चलचित्र ‘कप्स’ को पोष्टर रिलिज भएको छ । जेठ १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गरिएको हो ।

मुख्य कलाकार अनुपविक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायतका अन्य कलाकार छन् । चलचित्रले नेपाल प्रहरी, पोलिटिक्स, पत्रकार र पब्लिकको कथा भन्ने चलचित्रका डेब्यु निर्देशक सम्राट सापकोटाले बताएका छन् ।

अनुपले यस चलचित्रमा एक इमान्दार प्रहरी अफिसरको भूमिका निभाएका छन् । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७