आकाशको हातमा रुमाल (भिडियोसहित)


२६ असार २०७६, बिहीबार
aakashaa

काठमाडौं, २६ असार । नायक आकाश श्रेष्ठले अभिनय गरेको हातमा रुमाल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आकाश चलचित्रसँगै म्यूजिक भिडियोमा पनि व्यस्त छन् ।

विशाल गौतमको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा आकाशले मोडल श्रृष्टी खड्कासँग रोमान्स गरेका छन् । आकाशले आफ्नो पहिलो प्रेम पाउन मरिहत्ते गरेको दृष्यलाई निर्देशक प्रकाश धितालले भिडियोमा गज्जबसँग देखाएका छन् ।

नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवाहकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ । जसमा विकाश दाहालको छायांकन रहेको छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७