सिभिल बैंक लिमिटेडको शाखा दाङको लमहीमा


२६ असार २०७६, बिहीबार
civil 001 43MPlPw6Wn

दाङ, २६ असार । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लमहीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं। ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

लमही शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९२ पुगेकोे पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७