सांसदहरुकै बिरोधको बाबजुद सांसदहरुलाई ल्यापटप दिइने निश्चित
काठमाडौं, ३१ असार : सांसदहरुकै बिरोधको वेवास्ता गर्दै सांसदहरुलाई ल्यापटप दिने काम अघि बढाइएको छ । सभामुख कृष्णबहादुर महराले अघि बढाएका हुन् ।
२ करोड ८८ लाख १६ हजार रुपैयाँमा तीन सय ३४ वटा ल्यापटप किन्न ‘काष्ठमन्डप एसिया इन्टरनेशनल’ नामक कम्पनीसँग सम्झौता गर्न लागिएको छ ।
सांसदहरुको बिरोधका बाबजुद पनि कमिसनको लोभमा ल्यापटप खरिद प्रक्रिया अघि बढाइएको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका छन् ।
संसदीय समितिहरुमै अवलोकन भ्रमणका नाममा अनियमितता हुने भन्दै बिरोध सुरु भएको छ । अर्थ समितिका सभापति समेत रहेका कृष्णप्रसाद दाहाल सरकारी पैसा खर्च गरी बिना कामको कार्यक्रममा श्रीलंका पुगेका छन् ।
एसिया बेसबल कप हेर्न भनेर राष्ट्रिय सभाका सांसद रामचन्द्र राईसहित उनी श्रीलंका पुगेका हुन् । सरकारी बजेटमै उनीहरु श्रीलंका गएको हो ।