सुनको मूल्य घट्यो
हङकङ, २९ साउन ( सिन्ह्वा)। हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ ।
स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९० अमेरिकी डलर) मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ । हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो ।