नेपाली सेनाको गणभित्रै महिलाको शव फेला, मृत्यु शंकास्पद
महोत्तरी, २१ भदौं । महोत्तरीको बर्दिवास नगरपालिका–८ बिजयबस्ती टोलस्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाको कालीसिद्धि गण परिसरभित्र शनिबार एक महिलाको बेवारिसे शव भेटिएको छ ।
नाम थर खुल्न नसकेकोे कालो रङमा सेतो छिर्के बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी कम्मरमा रातो सल बाँधेकीे अन्दाजी ३५ वर्षीया जस्तो देखिने महिलाको शव फेला परेको हो । उनलको शरीरका विभिन्न भागमा चोट लागि रक्तश्राव भएको अवस्था देखिएको छ ।
शनिवार बिहानै नेपाली सेनाको टोली मर्निङवाक जाने क्रममा देखेपछि प्रहरीलाई खबर गरेकोे बर्दिवास प्रहरीका प्रहरी निरीक्षक अशोक कुमार शाहले जानकारी दिएका छन् । शव शंकास्पद भएकाले घटनाको अनुसन्धान भइरहेको उनले बताएका छन् ।