आज नेपाल ओलम्पिक कमिटीको चुनाव, जीवनराम र उमेशलाल अध्यक्षमा भिड्दै

कोषाध्यक्ष र उपहासचिव पद निर्विरोध निर्वाचित


२८ भाद्र २०७६, शनिबार
olympic 1

काठमाडौं, २८ भदौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका चयनका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।

भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च अदालतले चुनाव रोक्नुपर्ने कुनै कारण नभएको देखाउँदै चुनावको बाटो खोलेको थियो । जसका कारण शनिबारका लागि चुनाव तय भएको हो ।

मतदातालाई रिझाउन अहिले दुवै अध्यक्षका उम्मेद्वार निकै मेहनत गरिरहेका छन् । जीवनराम श्रेष्ठ आफ्नो कामको मूल्याङ्कन साथीभाइले गर्लान् भन्नेमा विश्वस्त छन् भने उमेशलाल श्रेष्ठ पनि यस पटक बाजी मार्नेमा आशावादी छन् ।

ओलम्पिक कमिटीमा रहेका २७ मतदातामध्ये २६ जना चुनावी मैदानमा उत्रिएका छन् । महासचिवमा जीवनरामका तर्फबाट निलेन्द्रराज श्रेष्ठ र उमेशलालका तर्फबाट पुरेन्द्रविक्रम लाखे प्रतिष्पर्धामा छन् ।

२७ संघका २७ प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् । पाँच उपाध्यक्षका लागि ८ जनाले, ३ सचिवका लागि चार जनाले र सात सदस्यका लागि आठ जनाले उम्मेद्वारी दिएका छन् । रतन टण्डन कोषाध्यक्ष र राखेप उपाध्यक्ष तिम्सिना उपहासचिवमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७