फेरि सुनको भाउ तोलामै ११ सय बढ्यो
काठमाडौं, ३० भदौं । सुनको मूल्य फेरि तोलामै ११ सय रुपैयाँ बढेको छ । हिजो (आइतबार) प्रतितोला ७० हजार २ सय रुपैयाँ रहेको सुन आज प्रतितोला ७१ हजार ३ सय रुपैयाँ पुगेको छ । तेजाबी सुन भने प्रतितोला ७१ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ८ सय ४० रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँ बढेर प्रतितोला ८ सय ६५ रुपैयाँ पुगेको हो ।
सुनको भाउ फेरि बढेपछि उपभोक्ता निरास बनेका छन् । सुनको भाउ घट्ला र दशैंमा गरगहना जोडौला भन्नेहरु फेरि निरास बन्न वाध्य भएका छन् ।