कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित
काठमाडौं, ८ असोज । ‘अन्नपूर्ण पोष्ट कार्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’मा कामना सेवा विकास बैंकले एकल र संयुक्त दुवैतर्फ जित हासिल गरेको छ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ब्याडमिन्टन प्रतियोगितमा बैंकले जित हासिल गरेको हो ।
यहि असोज ६ देखि १२ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एकलतर्पm कामना सेवा विकास बैंकका दीपशाखाका शाखा प्रमुख विशाल खड्का र संयुक्ततर्पm विशाल खड्का र विश्वास नेपालले जित हासिल गरे ।
प्रतियोगिताकाहाल सम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१–१२ र २१–१३ को सजिलो सेटमा पराजितगर्न सफल भए ।
विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रिय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।