सभामुख महराले दिए राजीनामा
कठमाडौं, १४ असोज । एक महिलामाथि यौन दुर्व्यवहार गरेको संगीन आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
यसअघि, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो ।
महराले एक विज्ञप्ती जारी गर्दै आफूमाथि यौन दुर्व्यवहारको संगीन आरोप लागेको र उक्त घटनाको सत्य तथ्य छानविनका लागि सहयोग पुर्याउन राजीनामा दिएको विज्ञप्तीमा उल्लेख छ ।