दशैंमा एनसेलको अफर : रिचार्जमा डेटा बोनस
काठमाडौं, १७ असोज । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनस पाउने भएका छन् ।
एनसेल प्रालिले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यस अन्तर्गत रु १०० देखि रु १००० सम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरेको रकमको आधारमा १०० एमबी देखि १ जिबी सम्म डेटा बोनस पाउनेछन् । यो योजना आज शुक्रबारबाट १५ दिनका लागि सञ्चालनमा रहने छ ।
यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधी रहेको १०० एमबी डेटा पाउने छन् । रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसीमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधी भएको ३०० एमबी डेटा पाउने छन् ।
त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँच दिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसीमा रहेको १ जिबी डेटा पाउने छन् ।
रिचार्जमा बोनस पाइने यो अफरले ग्राहकलाई थप फाइदा प्रदान गर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पु¥याउने विश्वास एनसेलले लिएको छ ।