निवर्तमान सभामुख महरा पक्राउ
महरालाई सिंहदरबार वृत्तमा राखिने
काठमाडौं, १९ असोज । यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई निवासबाटै प्रक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो । महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ । पक्राउ परेका महरालाई सिंहदरबार वृत्तमा राखिने भएको छ ।
आइतबार राति महरा पीडित महिला रोशनी शाहीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए ।