ठगी गिरोहका सात नाइके पक्राउ


२८ कार्तिक २०७६, बिहीबार
pakrau 2

बर्दिया, २८ कार्तिक । प्रहरीले भारतीय ओरियन्स ग्लोबल नेटवर्किङ व्यवसायको नाममा नेपालमा सञ्जाल फैलाएर ठगी धन्दा गर्ने गिरोहका सात नाइकेलाई पक्राउ गरेको छ । लामो

अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
चेन्नईमा मुख्य कार्यालय रहेको ओरियन्स ग्लोबलले भारतको लखिपुरमा नेचुरल वेल इन्टरप्राइजेज सञ्चालन गरेर औषधि बिक्री गर्ने नाममा पश्चिम नेपालमा अवैध गिरोह सञ्चालन गरी लाखौं रुपैयाँ ठगेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गुलरिया नगरपालिका–४ बस्ने विवेक थारु, गुलरिया–५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नगरपालिका–७ बस्ने दीपक चौधरी र राजापुर नगरपालिका–३ बस्ने आशा थारुलाई पक्राउ गरेको छ ।

यस्तै राजापुर–३ टेडियागाउँ बस्ने सीता थारु र चक्खापुर गाउँ बस्ने अर्जुन थारुलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । पक्राउ पर्नेमा कैलाली जिल्लाको कैलारी–५ गोब्रइला बस्ने मन्जित चौधरी पनि छन्। उनीहरु सबैलाई ठगी आरोपमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिए ।

ठगी भएको अनुसन्धानबाट खुलेपछि प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले ओरियन्समा संलग्न २ सय ५० नेपालीसँग सूचना संकलन गरेको थियो। उनीहरु सबैलाई सम्झाईबुझाई फिर्ता पठाएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान क्रममा बाँके र बर्दियाका सीमा क्षेत्रका नेपाली ठगिएको, दाङ, मोरङ, झापा, महोत्तरी, कैलाली र कञ्चनपुरसम्म ओरियन्स सञ्जाल रहेको भेटेको छ । मोरङमा ओरियन्सका सदस्य अधिक भएको खुलेको छ ।

यसअघिको युनिटी इन्टरनेसल नेपालले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सका औषधि बेच्नेको सञ्जाल पनि देशभर नै रहेको प्रहरी उपरीक्षक बास्तोलाले बताए । उनका अनुसार कैलालीको टीकापुर–१ बस्ने साजन चौधरी यस क्षेत्रमा गिरोह सञ्चालन गर्ने मुख्य नाइके हुन् ।

उनी पक्राउ पर्ने त्रासमा भारतमा बसोबास गर्छन् । सोही नगरपालिका वडा नं. ५ बसन्ता बस्ने सन्तोष चौधरी र कैलारी–६ बैजपुर बस्ने मनोज चौधरी साजनका सहयोगी हुन् । यी तीनै जनालाई भारतमा गएर पक्राउ गर्न आवश्यक प्रक्रिया मिलाइरहेको प्रहरी उपरीक्षक बास्तोलाले जानकारी दिए। ओरियन्सका सदस्य बनाउन यी तीन जनाको प्रमुख भूमिका देखिएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

अवैध औषधि बिक्री गर्ने र जति सक्यो त्यति पैसा उठाउने गरी ओरियन्स कम्पनीको गिरोह नेपालका बस्तीबस्तीमा छिरेको छ । प्रहरीले अनुसन्धान क्रममा बाँके र बर्दियाका सीमा क्षेत्रका नेपाली ठगिएको, दाङ, मोरङ, झापा, महोत्तरी, कैलाली र कञ्चनपुरसम्म ओरियन्स सञ्जाल रहेको भेटेको छ ।

मोरङमा ओरियन्सका सदस्य अधिक भएको खुलेको छ । दाङ प्रहरीले यसअघि ओरियन्स सदस्य बनाउने गिरोहका दुई नाइकेलाई पक्राउ गरेर कारबाही अघि बढाएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७