पाटन र चन्द्रागिरी घुमेर आज स्वदेश फर्किदै बंगलादेशका राष्ट्रपति


२९ कार्तिक २०७६, शुक्रबार
Mohammad Abdul Hamid 2
sf7df8f}F, @^ sflQs -/f;;_ M rf/lbg] g]kfn e|d0fsf nflu d+unaf/ cfpg’ ePsf a+unfb]zsf /fi6«klt df]xDdb cAb’n xldb eQmk’/sf] b/af/:jfo/ cjnf]sgkl5 sf7df8f}F hfg]qmddf clejfbg ug'{x’Fb} . t:jL/ M /Tg >]i7

काठमाडौं, २९ कार्तिक । चार दिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (शुक्रबार) स्वदेश फर्किने भएका छन् ।

स्वदेश फर्किनुअघि राष्ट्रपति हमिदले पाटनको दरबार स्वायर क्षेत्र र चन्द्रागिरी हिल्स अवलोकन गर्ने कार्यक्रम रहेको छ । हमिद विहान ११ बजे चन्द्रागिरी र दिउँसो १ बजे पाटन दरबार स्क्वायर क्षेत्र अवलोकनमा निस्कने भएका छन् ।

सदभावना भ्रमणका लागि गत मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदले सोही दिन भक्तपुर दरबार स्क्वायर चाख मानेर अवलोकन गरेका थिए । बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका उनी बिहीबार भने पोखरा घुम्न गएका थिए ।

उनले पोखराको फेवातालमा डुंगा शयर गरे भने रुपाकोट रिसोर्टबाट पोखराको दृष्यावलोकन अवलोकन गरेका थिए । उनी पोखरामा करिब पाँच घण्टा बिताएर उनी बिहीबारै काठमाडौं फर्किएका थिए ।

राष्ट्रपति हमिद शुक्रबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र करिब पाँच बजे त्यहाँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । हमिदको विदाइमा राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७