उपप्रधानमन्त्री यादवको मन्त्रालय परिवर्तनमा बाबुरामको आपत्ति
काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मन्त्रालय परिवर्तन गरिएकोमा आपत्ति प्रकट गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका परिवर्तन गरेको मन्त्रीमण्डलमा समाजवादी पार्टीको अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको मन्त्रालय छापामार शैलीमा फेरिएको आरोप लगाए ।
उनले सत्ता साझेदार दलसँग सल्लाह नै नगरी मन्त्रालय परिवर्तन गरिन्नु प्रधानमन्त्री ओलीको कार्यशैली स्वेच्छाचारिता र निरंकुश भएको बताए बताए । उनले भनेका छन्, ‘संसदीय व्यवस्थामा प्रधानमन्त्री सर्वेसर्वा हो तर सत्ता साझेदार दलसँग छलफल नै नगरी मन्त्री हटाउनु र मन्त्रालय फेर्नु अलोकतान्त्रिक शैली हो ।’
यो पनि पढ्नुहोस्
प्रचण्डको ‘जोडबल’ ले जोगियो उपेन्द्रको मन्त्री पद, मन्त्रालय खोसियो
उनले सरकारको पुनर्गठनबारे मिडियाबाटै जानकारी बताए । विदेशमा रहेका उपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय अध्यक्ष फर्किएपछि छलफल गरेर एउटा निर्णयमा पुग्ने उनले बताए ।
यसअघि पनि अध्यक्ष भट्टराईले आफनो पार्टी सरकारबाट बाहिरिन्नु पर्ने अभिव्यक्ति दिँदै आएका थिए । उनले आफनो पार्टी सरकारसँग संविधान संशोधनको सर्तमा गएको भन्दै तर अहिले सर्त पुरा हुन नसकेको बताउँदै आएका छन् ।
उनी संयोजक रहेको नयाँ शक्ति नेपाल र उपप्रधानमन्त्री यादव अध्यक्ष रहेको संघीय समाजवादी पार्टी बीच केहीसमय अघि पार्टी एकता गरि समाजवादी पार्टी नेपाल बनाएका हो ।
नयाँ मन्त्रीमण्डल हेरफेरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको छ । भने कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई हटाइएको छ ।
समाजवादी पार्टीकै मोहमद इश्तियाक राई यथावत शहरी विकास मन्त्रालय मै रहेका छन् ।