कास्की–२ मा विद्या भट्टराईको भारी अग्रता
पोखरा, १५ मंसिर । नेपाली राजनीतिमा चर्चामा रहेको क्षेत्र कास्की–२ को नेकपाको विद्या भट्टराईले भारी अग्रता लिएकी छिन् । जारी मतगणनामा सुरुमा १ हजार १ सय अग्रता लिएकी उनले अहिले ४ हजार ५ सय ८३ र्पुयाएकी छन् ।
पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८२६५ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेकी हुन् ।
प्राप्त परिणामअनुसार विद्याले ८२६५ मत ल्याउँदा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३६८२ मत ल्याएका छन् । यस्तै राप्रपा (गाई)ले १८६ र समाजवादीले १७२ मत प्राप्त गरेको छन् ।
कास्की–२ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्रै खसेको छ । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।
पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए । यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।