जापानको श्रम स्वीकृतिको नाममा प्रहरीकै मिलोमतोमा घुस‚ प्रहरीसहित ५ जना अख्तियारको फन्दामा


२९ मंसिर २०७६, आईतवार

काठमाडौं,२९ मंसिर । रोजगारीको आकर्षक गन्तव्य मुलुक जापान जान श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै प्रहरीको मिलोमतोमा घुस लिएको फेला परेको छ।

घुस लिने प्रहरी जवान, गोल्डेन लाइट ट्राभल एण्ड टुर्स प्रालिका म्यानेजिङ डाइरेक्टर बिनोदकुमार भुजेलसहित ५ जना अख्तियार दुरुपयोग अनुसन्धान अयोगको फन्दामा परेका छन्।

वैदेशिक रोजगार काठमाडौंको कार्यालय ताहाचलमार्फत जापान जान छिटाछरितो रुपमा मिलाइदिने भन्दै उनीहरुले सेवाग्राहीबाट २२ हजार घुस माग गरेका थिए। घुस लिनेमा बिनोदकुमार भूजेल, बसन्त श्रेष्ठ, अजय नगर्जी परियार, बुद्ध तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९२० बमोजिमको र महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वरमा कार्यरत प्रहरी जवान रमेश सिंह विष्ट रहेका छन्।

निजहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भए गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरू बिनोदकुमार भूजेल, बसन्त श्रेष्ठ, अजय नगर्जी परियार, बुद्ध तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ मा उल्लेख भएबमोजिम र प्रहरी जवान रमेशसिंह विष्टलाई सोही ऐनको दफा ३ को उपदफा ९१० को कसुरमा निज पाँचै जनालाई बिगो २२ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९ क बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७