एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश पारित


२३ पुष २०७६, बुधबार
everestBank AGM

काठमाडौं,२३ पुस । एभरेष्ट बैंकको प्रस्तावित २५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार काठमाडौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।


सभाले पारित गरेसँगै शेयरधनीले ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पाउने छन् । ८ अर्ब ६ करोड रुपैयाँ रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ५ प्रतिशत बोनस पश्चात ८ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ ।

बैंकको निक्षेप र कर्जा लगानी दुबै बढेर क्रमशः १३ लाख र ११ लाख १८ हजार रुपैयाँ नाघेको छ । बैंकको प्रतिशेयर आम्दानी ३८.०५ रुपैयाँ रहेको छ । त्यस्तै, निष्कृय कर्जा घटेर ०.१६ प्रतिशत पुगेको बैंकको बेस रेट ८.१२ प्रतिशत रहेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७