जलाउनै लागेको महिलाको शव प्रहरीद्वारा घाटबाटै नियन्त्रण
मोरङ, २ माघ । प्रहरीले मोरङमा जलाउनै लागिएको एक महिलाको शव घाटबाटै नियन्त्रणमा लिएकोछ ।
विराटनगर–८ संघिया घाटमा जलाउन तयार गरिएको स्थानीय २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिहीबार विहान मृत्यु भएकी साहको माइती पक्षको उजुरीका आधारमा प्रहरीले शव नियन्त्रणमा लिइएको जनाएको छ । महिलाको घाँटीमा चोट देखिएको छ ।
माइती पक्षले साहको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीमा उजुरी दिएको छ । शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताएका छन् ।