पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई


६ माघ २०७६, सोमबार
yogesh bhattarai 1 scaled

काठमाडौं, ६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रूपमा रहेको बताए । उनले पर्यटकलाई कुनै आपतविपद् परे सरकारले जुनसुकै बेला पनि उद्धार गर्ने उल्लेख गरे । उनले पर्यटकलाई आपतविपदमा चाँडो सुरक्षा गर्न व्यवस्था मिलाइएको बताए । अन्नपूर्ण पदमार्गमा करिब २ सय पर्यटकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बताए ।

Yogesh Bhattarai pustak bimochan 1 scaled

उनले नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउने प्रयास गरेको उल्लेख गर्दै भौतिक पूर्वाधारको काम गुणात्मक रूपले अगाडि बढेको बताए । उनले भ्रमण वर्षले सबै लक्ष्य पूरा गर्न नसक्ने भन्दै भ्रमण वर्षलाई आधार वर्षका रूपमा मानेर एक दशक नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारी रहेको धारणा राखे ।

 उनले पुस्तकमा समावेश फोटोले नेपाल चिनाएको उल्लेख गर्दै पुस्तक  पर्यटकलाई नेपाल चिन्न सहयोग मिल्ने बताए । कार्यक्रममा नेपाल भ्रमण वर्ष–२०२० सचिवालयका सदस्य-सचिव बच्चुनारायण श्रेष्ठले पुस्तकमा नेपालका सबै भाषा, धर्म, संस्कृति, पर्यटन गन्तव्य उल्लेख गरिएकाले पर्यटकलाई नेपाल बुझ्न सजिलो हुने बताए ।

समूहका अध्यक्ष राजेन्द्र चित्रकारले सरकारले घोषणा गरेको भ्रमण वर्षको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले फोटो पुस्तक निकालिएको बताए । कार्यक्रममा मन्त्री भट्टराईले सांस्कृतिक तथा पर्यटन फोटो प्रतियोगितामा उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान गरे ।

प्रतियोगितमा कपिलवस्तुस्थित कान्तिपुर दैनिकका मनोज पौडेलले प्रथम स्थान हासिल गरी २५ हजार रूपैयाँ पुस्कार  पाए । यसैगरी, मुगुका कविराज कार्की द्वितीय भई नगद २० हजार रूपैयाँ र सुनिल शर्माले तृतीय भई नगद १५ हजार रूपैयाँसहित पुरस्कार प्राप्त गरे ।nfpj scaled

प्रदेश १ बाट भवानी शिलाकार, प्रदेश २ बाट सुशील श्रेष्ठ, बागमती प्रदेशबाट आर्यन धिमाल, गण्डकी प्रदेशबाट राधिका कँडेल, प्रदेश ५ बाट अमरराज पुन, कर्णाली प्रदेशबाट हिक्मतबहादुर नेपाली र सुदूरपश्चिम प्रदेशबाट विनोदसिंह विष्टले प्रदेशस्तरीय उत्कृष्ट फोटो पुरस्कार पाएका छन् ।

राष्ट्रिय फोटोपत्रकार समूहका सचिव तथा नेपाल दर्शन ‘२०२०’ पुस्तक प्रकाशन समेतीको  संयोजक नवराज श्रेष्ठकाे अनुसार पुस्तकमा नेपालका पूर्वेदेखि सुदुरपश्चिमसम्मका सबै संस्कृति, कला, पर्यटन झल्कने फोटोहरु समेटेर गरेकाे बताए । पुस्तकमा १ सय ८४ फाेटाे समाबेस भएकाे जानकारी दिए ।nfpj 2 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७