एक महिने सालिनदी मेला सम्पन्न
काठमाडौं, २६ माघ । पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी आइतबार समापन भएको छ ।
पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।
आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्ष्यतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ ।
स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारजनसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ ।
पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको सालिनदी मेलाको एक महिने बिषेश मेला पनि आइतबार नै सकिएको छ ।