नोबेल पुरस्कार विजेता मलालाको हत्या गर्न खोज्ने तालिवान लडाकु जेलबाटै फरार


२७ माघ २०७६, सोमबार
malala

काठमाडौं, २७ माघ । नोबल पुरस्कार विजेता मलाला युसुफजाइको हत्या गर्न खोज्ने तालिवान लडाकु पाकिस्तानको जेलबाटै फरार भएका छन् ।

तालिवान लडाकु इसानुल्ला इसानले सन् २०१२ मा मलालाई विद्यालयको बसबाट झारेर टाउकोमा गोली हानेका थिए । यद्यपी मलाला उक्त आक्रमणबाट बाँच्न सफल भएकी थिइन् । सन् २०१७ मा मात्र इसान पक्राउ परेका थिए ।

मलालाले पाकिस्तानमा महिला शिक्षाको आवाज उठाउन थालेपछि उनी तालिवानको तारो बनेकी थिइन् । यस घटनापछि उनलाई बेलायत उपचारको लागि वेलायत लगिएको थियो । महिला शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान दिए वापत मलालालाई सन् २०१४ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो । हाल मलालालाई बेलायतले त्यहाँको नागरिकता दिएको छ । उनी त्यही बस्दै आएकी छिन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७