२०७६ फागुन ६ गते मंगलबारको तपाईको राशिफल


६ फाल्गुन २०७६, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । बित्तीय संस्थाबाट सहयोग पाईने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । शत्रुपनि पराजित हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्ने छ । डेकोरेसनको लगानीबाट लाभ मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साथीभाइसँग समय बित्ने छ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउँला । गलत निर्णय लिन पुगिएला । चोट पटकको भय पनि छ अतः सचेत रहनु राम्रो होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । पुनर्मिलनको योग रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक यात्रा हुनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिश्रम गर्दा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । वैदेशिक कार्य अघि बढ्ने छ । शेयरको कारोवारबाट सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्यमा समस्या पनि आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नयाँ व्यक्तिसँग भेटघाट होला । साँझपख शुभ समाचार आउन सक्छ । भूमिबाट लाभ पनि रहने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७