एन्जिला र संगितालाई नेपाल २०१८ को मिस एण्ड मिसेस बिउटिफुल ताज
काठमाण्डौ: दक्ष्य इन्टरनेशनल प्रालिको आयोजनामा भएको मिस बिउटिफ़ुल नेपाल २०१८ र मिसेस बिउटिफ़ुल नेपाल २०१८ को तेस्रो र दोस्रो संस्करणको उपाधी एन्जिला कार्की तथा संगिता न्यौपानेले जित्न सफल भएका छन्।
आइतबार अबेर साँझ राजधानीको राष्ट्रीय नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अयोजित प्रतियोगितामा एन्जिला कार्कीले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस बिउटिफ़ुल नेपाल २०१८ को ताज जित्न सफल भएकी हुन् भन संगिता न्यौपानेले १० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिसेस बिउटिफ़ुल नेपाल २०१८ को उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन् ।