नायक अनमोल केसीविरुद्ध प्रहरीमा ठगीको उजुरी


१६ फाल्गुन २०७६, शुक्रबार
anamol

काठमाडौं, १६ फागुन । चर्चित अभिनेता अनमोल केसीविरुद्ध प्रहरीमा ठगी आरोपमा उजुरी परेको छ । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी पाँच लाख अग्रिम रकम लिएर फिल्म नखेली ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

फिल्म खेल्नका लागि तीन महिनासम्म जिम र एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप अढाई समेत सकिदिएको उजुरीमा उल्लेख छ । यस्तै उनले फिल्मका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई समेत अग्रिम रकम ३० लाख दिन लगाई उनी भने सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक नोक्सानी पु¥याएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७