चार नेपालीमा कोरोना भएको पुष्टि, कहाँ छन् संक्रमित ?


२७ फाल्गुन २०७६, मंगलवार
teku aspital

काठमाडौं, २७ फागुन । नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश हो । नेपालका कोरोना भाइरसबाट कुनै खतराको अवस्था सिर्जना भइनसकेको भए पनि अहिलेसम्म चार नेपालीका कोरोना भाइरस भएको पुष्टि भइसकेको छ ।

यसरी कोरोना संक्रमित हुने नेपालीमा एक नेपालमै रहेका र अन्य तीन जना विदेशमा रहेका छन् ।
चीनबाट फर्किएका एक नेपालीलाई ज्वरो आएपछि टेकु अस्पतलामा जाँच गराउँदा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । तर, उपचारपछि उनी अहिले पूर्ण स्वस्थ भएर काममा फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै यूएई (दुवई) मा दुई जना र अस्ट्रेलियमा एक नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ४४१ नेपालीको र्‍याल र रगतको नमूना परीक्षण गराएका छन् ।

उनीमाथि गरिएको परीक्षमा कोरोनाको कुनै संकेत नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । यो संख्या चीनबाट उद्धार गरी ल्याइएका १७५ नेपाली समेतको भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा भन्छन्, ‘हिजो (सोमबार) साँझसम्मको रिपोर्टअनुसार ४४१ जनाको परीक्षण गरियो, त्यसयता थप शंकास्पद व्यक्ति भर्ना भएका छैनन् ।’

यसैबीच सरकारले नेपालमा कोरोना संक्रमण भित्रिन नदिन थप कडाइ गरेको छ । सरकारले चीन र भारतका विभिन्न नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी कोरोना जाँच समेत गरिरहेको छ । सरकारले कोरोना प्रभावित देशबाट आउने यात्रुलाई विमानस्थलमै कोरोना जाँच गरिरहेको छ । तर, अहिलेको सतर्कताले मात्र कोरोनाको संक्रमण भित्रिने खतरालाई रोक्न नसकिने जानकारहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७