कोरोना संक्रमितको नमूना लिन गएको नेपाल एयरलाइन्सको जहाज दुर्घटना


१५ चैत्र २०७६, शनिबार
NAC Nepal jujng

नेपालगञ्ज, १५ चैत । शंकास्पद कोरोना संक्रमितको स्वाब (नमूना) लिन गएको नेपाल एयरलाइन्सको जहाज नेपालगञ्जमा दुर्घटनामा परेको छ ।

संक्रमितको स्वाब लिन गएको नेपाल एयरलाइन्सको जहाज अवतरणका क्रममा चिप्लिएर रनवेबाट बाहिर गएको छ । नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनका अनुसार वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको हो ।

जहाज चिप्लिएर रनवे बाहिर गएको जानकारी दिंदै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जहाजमा सामान्य क्षति पुगेको र जहाजमा रहेका सबै सकुशल रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७