जिल्ला नाकामा प्रहरीको चेकजाँचमा कडाई


२३ चैत्र २०७६, आईतवार
nepal police checkchaj

काठमाडौं, २३ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो ।

पहिलो पटक थपिएको लकडाउन २५ चैतमा सकिँदैछ । दोस्रो पटक कम्तीमा एक साता लकडाउन थप्ने तयारी भइरहेको बताइएको छ ।

लकडाउनका कारण बाटोमा फाटफुट सवारी साधनहरु सवारी पास बनाएर चलिरहेका छन् । नेपालमा कोरोना संक्रमित ९ पुगेसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने जनाएको छ ।

एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकामा प्रहरीले चेकजाँचमा कडाई गरेको छ । राजधानीका मुख्य सडकहरु पूर्ण रुपमा बन्द छन् भने कतै फलफूल पसल र खाद्यान्न पसल भने खुलेका देखिन्छन् ।  सडक लगभग सुनसान छ । मान्छेको चहलपहल निकै पातलो छ । यद्यपि साँझपख भित्री सडकहरूमा भने मान्छेको चहलपहल हुने गरेको छ ।

यता लकडाउन तोड्नेको संख्या पनि उल्लेख्य रहेको छ । मुख्य सडकहरुमा लकडाउन तोड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर राख्ने गरेको छ भने भित्री सडकहरुमा व्यापक उल्लंघन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७